कला

दिनेले त फूलै दिन्छ लिनेले के लिन्छ

गजल

बोधराज पौडेल

 

दिनेले त फूलै दिन्छ लिनेले के लिन्छ,

जुहारी नै भए मात्र हिरामोती चिन्छ।

 

मल – माटो मिलाएको फूललाई हेर,

थुँगा छोडी मालीलाई भन कस्ले किन्छ।  

 

नदीले नि माझीलाई गरिरन्छ प्रेम,

बहनाले नदीको त्यो धारलाई छिन्छ।  

 

जस्का लागि आफू मर्न तयार भै’रहे,

देखेँ पनि उसैले त नदेखेंझैं हिन्छ।

 

कुनै साइनो सम्बन्ध नि हुन्न वृक्षसँग,

उसले त हामीलाई मिठो फल दिन्छ।  

प्रकाशित: २८ श्रावण २०७८ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App