कला

न ऊ किनारा न यो किनारा, मझधारमा छ कर्म हारा

गजल

चिरञ्जीवी ढकाल

 

न ऊ किनारा,न यो किनारा,

मझधारमा छ, कर्म हारा।

 

कोसिस गर्यो, जिन्दगीभरि,

ज्यूँ का त्यूँ रहे, समस्या सारा।

 

बनायो कठै, महल कति,

रात  बितायो,  गनेर  तारा।

 

दोषी भनिन्थ्यो,व्यवस्थालाई,

बदले पनि, उस्तै छ पारा।

 

जस्को निमित्त, ढाल ऊ बन्थ्यो,

बनेको छ उही, ज्यानमारा।

 

न  रह्यो  भेष, न  रह्यो  भाषा,

निमिट्यान्न भयो,  भाइचारा।

 

निर्लज्ज छ, युद्धको  सिपाही,

न सक्दा तिर्न, माटोको  भारा।  

प्रकाशित: २८ श्रावण २०७८ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App