कला

फोहोरी नक्कले

बालकविता

विश्वविनोद

 

हात नधोई नक्कले

खाना खान बस्यो रे

पखालाको किटाणु

पेटभित्र पस्यो रे।

 

स्कुल गई नक्कले

निलो कालो भयो रे

आजै ला’को पाइन्टमा

भुईचालो गयो रे।

 

डरले आची गरेछ

साथीभाइ हाँसे नि

स्कुलबाट भागेर

बल्ल भन्यो बाँचे नि।

 

 फोहोर  पाइन्ट धोएछ

निकैबेर रोएछ

सधैं हात धुन्छु नि

भनी देउता छोएछ।

प्रकाशित: २८ श्रावण २०७८ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App