कला

साझा प्रकाशनको महाप्रबन्धकमा प्रह्लाद पोखरेल नियुक्त

पूर्व प्रशासक, कवि तथा साहित्यकार श्री प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्

साझा प्रकाशन सञ्चालक समितिको निर्णयअनुसार पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरिएको हो।  

नेपालको प्रशासनिक क्षेत्रको लामो अनुभव हासिल गरेका पोखरेलका दर्जनौँ कृति प्रकाशित छन् भने धेरै साहित्यिक ग्रन्थ सम्पादन गरेका छन्।

प्रकाशित: २७ श्रावण २०७८ १०:२२ बुधबार

साझा प्रकाशन महाप्रबन्धक प्रह्लाद पोखरेल