कला

विचरा ठुल्दाइ

लघुकथा

मधुसूदनप्रसाद घिमिरे

 

हाम्रो  ठुल्दाजुको भाग्य नै के हो के हो। भएको जागिर पनि सिद्धियो। छोराछोरी पढाए, बढाए, व्यवहार सिद्ध्याए। अब त बुढै पनि देखिए । खै मनमा शान्ति छ जस्तो पनि देखिदैन । के भाको पो हो कुन्नि।

यसरी नौलीले आफ्ना साथीहरूसँग कुरा गर्दैथिन्। च्वाँचेले भन्यो, “आ त्यसो हैन नानी ! ती दाजुलाई सबै ठिकै छ। मान्छे विद्वान पनि हुन्। उनको कदरचाहिँ कतैबाट पनि भएकै छैन। त्यसै भएर निराश जस्तै देखिएका छन्।।

उनका कुराहरू गहन पनि छन् रसिक  पनि छन्। राम्रा कुरा सुन्ने यो समाजमा फुर्सद कस्को छ र ? त्यै भएर तिनी निराश भएका मात्र हुन् ।  

उनको व्यवहारमा त उनी पक्का पो छन् ए तर अलि बिर्सने बानी भएछ बुढाको। अस्ति मात्र एकजनासँग पच्चिस हजार लिएछन्।  

बगलीमा हालेका थेरे। अन्तै पो पारेछन्। घर गएर बगली छाम्दा  पो बुढा छाँगाबाट खसेका जस्ता भए। यो बिर्सने बानीले बुढा  दाइलाई सारै गारो पार्दै आएको छ। बुढा त झन्डै मुर्छा परेका रे । उनको ग्रह–दशा पनि ठिक छैन कि कसो ? विचरा ठुल्दाइ !

 

प्रकाशित: २७ श्रावण २०७८ ०७:१४ बुधबार

अक्षर