कला

लघुकथाको सुगन्ध प्रकाशित

बालबालिकाहरूको विषयवस्तु र मनोविज्ञानलाई लक्षित गरेर लेखिएका बालविषयक लघुकथाहरूको सङ्ग्रह ‘लघुकथाको सुगन्ध’ प्रकाशन भएको छ। सङ्ग्रहमा लघुकथा परेका सबै लेखकहरूलाई लेखकप्रति उपलब्ध गराएर सङ्ग्रहको भर्चुअल विमोचन गर्ने तयारी भइरहेको छ।

सङ्ग्रहमा १३२ जना लघुकथाकारको २३० वटा बालविषयक लघुकथा समाविष्ट छन्। हरेक परिवारले आफ्ना बाबुनानीहरूका लागि यो लघुकथा संयुक्त सङ्ग्रह पढ्न दिएमा बालबालिकाहरूलाई अघि बढ्न र चेतनशील बन्न थप शिक्षा मिल्ने कुरा सङ्ग्रहका एक सम्पादक तथा नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ ले बताए। पुस्तकको मूल्य व्यक्तिगत २९० रुपैयाँ र संस्थागत ३९० रुपैयाँ रहेको छ।

विएन पुस्तक संसार प्रालिका सूर्य विसीले सो सङ्ग्रह बालबालिका विषयमा लेखिएको पहिलो हुन सक्ने बताए । उनले भने, ‘यो लघुकथाको सुगन्ध’ बालबालिका विषयमा लेखिएको सम्भवत पहिलो नै हुनुपर्छ। यो कृतिले बालबालिकालाई मात्रै हैन अभिभावकलाई पनि उत्तिकै उपयोगी हुनेछ।’ 

प्रकाशित: २४ श्रावण २०७८ ०८:३१ आइतबार

अक्षर