कला

मानवता

लघुकथा

ममता मृदुल 

 

बिहानीको पाँच बजेको छ। घन्द्रयाग – घुन्दुरुग आवाज सुनिन्छ, “ए हजुर छिटो उठ्नू, भूकम्प आयो। नलिनीले रविनलाई उठाएपछि दुवै जना घरबाट आत्तिदै सडकमा निस्के।  

सडकमा सबै घरका मान्छे निस्किए। आमा सिकिस्त बिरामी थिइन्। पुरानो घर केही भयो कि नलिनीले रविनलाई भनिन्।  

घरमा सबै छन् । बोकेर नि आमालाई बाहिर निकाल्छन् ।  किन पीर लिएको ?रु रविनले भनेपछि नलिनीको मनले मान्यो।  

भूकम्प र पराकम्प आइरहयो। मनमा डरले डेरा जमायो। बाहिर निस्कनु पनि सक्ने अवस्था छैन। शनिबारको दिन भएकाले अफिस बिदा थियो।  

दिउँसो नलिनीले बुहारीलाई फोन गरिन्। माइत आएकी एकहप्ता भयो। दिदी भाउजूलाई फोन गर्नु बुहारीले भनिन्।

त्यसपछि भाउजूलाई फोन गरिन् । हामी हिजो दिदीको घरमा पूजामा आएका बिहानदेखि भूकम्प आएकोले यतै बस्यौ।

नलिनीलाई छटपटी भयो। बुढी आमाको कसैलाई पनि वास्ता थिएन। रविनसँग  

चार बजे चाबेल आइन्। माइतीछेउमा पुग्दा धेरै भिड थियो। डरले हतारिदै घरछेउ पुगिन। घर भत्केर लडेको थियो। सबै सामान पुरिएको थियो।

आमालाई नदेखेपछि आँखाबाट आँसु झार्दै सोधिन्– यो घरका मान्छे खोई?  

छेउमा काठ हटाउँदै गरेको प्रहरीले ‘पुरिएको हुन सक्छ, हामी हटाउँदै छौ’ भन्यो।  

नलिनीको हात समाएर रविनले भिडबाट बाहिरपट्टि ल्याए। छेउको पसलमा पानी किनेर खुवाएपछि रविनले पसलेलाई  सोधे – ‘भाइ, त्यो घरको बुढी आमालाई कसैले याद सम्झेनन्।’

पसले भाइले भने ए त्यो आमाभित्र जानुन भनेर भित्र देखाए। नलिनीलाई समाएर भित्रपट्टि आँगनमा लिएर गए। भित्र आँगनमा राखिएको खाटमा बसेर आमा गिलासमा दूध पिउँदै गरेको नलिनीले देखेर गर्म्ल्याग अंगालो हाल्न पुगिन्।

त्यो देखेर रविनले मनमनै सोचे– मानवता अझै मरेको छैन।

प्रकाशित: २३ श्रावण २०७८ ०६:११ शनिबार

अक्षर