कला

साथी

बालकविता

कमला घिमिरे

 

मेरो  प्यारो  साथी  सबैभन्दा  माथि,  

सँगसँगै पढ्ने खेल्ने,मिल्ने कति जाति।

 

सधैं सँगै स्कुल जान्छौं सँगै घर आउछौँ,

गृहकार्य सकेपछि सँगै खेल्न पाउँछौँ।

 

उसलाई चोट लाग्यो भने मलाई पनि दुख्छ,

मेरो मुख निन्याउरो भए ऊ पनि त रुन्छ।

 

गृहकार्य नआएमा एक अर्कालाई सोध्छौँ,

नबुझेका कुराहरू इन्टरनेटमा खोज्छौँ।

 

स्कुलमा खाजा पनि बाँचीचुँडी खान्छौँ,

छुट्टीको समयमा घुम्न पनि जान्छौँ।

 

तर, अहिले कोरोनाले भेट्न पाएको छैन,

अनलाइनमा कुरा गर्दा रमाइलो भएन।

 

छिट्टै जाउ न कोरोना, मेरो साथी भेट्नु छ।

सँगै खेल्न, पढ्न हामी स्कुलमा पुग्नु छ।

प्रकाशित: २२ श्रावण २०७८ ०६:०७ शुक्रबार