कला

बिग्रन्न कुरा सम्हाली राखे मुखका छुरा

छेस्का

विनोद नेपाल

 

  १)

के छ र अर्थ

नहुने कुरा  

गर्नु नै व्यर्थ।

  २)

नबिर्सौं बाटो

व्यर्थमा किन

मुहार रातो।

   ३)

नबिर्से हुने

योजना थियो  

चन्द्रमा छुने।

  ४)

समय बित्यो

थाहै भएन

खै कस्ले जित्यो?

   ५)

छाडौं कुतर्क

छाडेर स्वर्ग

के जानु नर्क ?

    ६)

जाने त गए

हुनेछ लाख

सम्झना रहे।

     ७)

बिग्रन्न कुरा

सम्हाली राखे  

मुखका छुरा।

   ८)

सम्हालौं बोली

नहुने के छ

हाम्रै हो भोलि।

   ९)

के नै छ अर्थ

नहुने कुरा

गर्नु नै व्यर्थ।

   १०)

जाऊँ न संगै

मिलेर हिंडे

तरिन्छ गङ्गै।

प्रकाशित: २२ श्रावण २०७८ ०४:१६ शुक्रबार

अक्षर