कला

व्रत

लघुकथा

गंगा खड्का 

 

“ममी हजुर सधैँ साउनमा  सोमबारको व्रत बस्नुहुन्छ। दस थरी औषधि खानुपर्ने मान्छेले यसपालिदेखि व्रत नबस्दा हुन्न र भनेको ?” आशालाई छोरीले भनी।

“यसपटक त झन् बस्नुपर्छ।” आशाले जवाफ दिइन्।

“तपाइँलाई केको कमी छ र ममी । माया गर्ने परिवार छ। दाइ सिए भइसक्नुभयो। निजामती सेवाको विशिष्ट पदमा बाबा जागिर हुनुहुन्छ। म आफैँ इन्जिनियर भइसकेकी छु। सानो परिवार, सुखी परिवार छ। अब के माग्न बाँकी छ र भगवानसँग ?” छोरीले ठट्यौली भावमा भनी।

– तिमीले भनेको ठिक हो छोरी तर म यसपालिको व्रत नबसी हुँदैन।

आशाको कुरामा छोरीले जिज्ञासा राख्दै भनी ,“किन र ममी?”

“नानी, हामी मानिसले आफ्ना लागि मात्रै स्वार्थी बनेर सोच्नु हुँदैन। मेरो सबै राम्रो छ तर विश्वका धेरै मानिसको बिचल्ली भएको छ। झन् कोरोनाले त कतिलाई रुवाएको छ कतिलाई। म यसपटकको व्रत विश्वशान्तिका लागि बस्दै छु।” आशाले भावुक भएर भनिन्।

प्रकाशित: २१ श्रावण २०७८ ०८:१० बिहीबार

अक्षर