कला

पुतली रानी

बालकविता

शोभा पौडेल

 

पुतली रानी, पुतली रानी,

कति प्यारी कति सयानी।

 

रंगीचंगी पंख फिँजाई,

रातो निलो पहेंलो सजाई।

 

लगाउँछे फूलसँग मीत,

गुनगुन– गुनगुन उसको गीत।

 

फूलफूल चहार्ने उसको काम,  

नभनीकन पानी र घाम।

 

खान्छे मिठो – मिठो फूलको रस,

सबको मनलाई पार्दै बस।

 

पुतली रानी, पुतली रानी  

कति सुन्दर उसको बानी।

प्रकाशित: २० श्रावण २०७८ ०३:०८ बुधबार

अक्षर