कला

साइनो वाङ्मय प्रतिष्ठान गठन

साइनो वाङ्मय प्रतिष्ठान केन्द्रीय तदर्थ समिति गठन गरिएको छ। छायादत्त न्यौपाने “बगर”, केशव ज्ञवाली “आगत”, महानन्द ढकाल, धतानन्द शर्मा र हरिप्रसाद चौलागाईं सल्लाहकारको रूपमा चयन गरिएको छ।

नयाँ विधा साइनोका प्रवर्तक छायादत्त न्यौपाने “बगर” का अनुसार  समितिमा सीता सुवेदी पन्थी अध्यक्ष, खेमलाल पोखरेल र सुरेन्द्र शाही “गुलाब कान्छो” उपाध्यक्ष , बालकुमार क्षेत्री “साइनो” महासचिव , शेखर अर्याल सचिव र शान्ति दीप कोषाध्यक्षमा छनोट गरिएको छ। त्यसैगरी सदस्यहरूमा वहाकी सन्तोष, टंक पन्त, कृष्ण पौडेल, सुरेश काफ्ले, शेखर श्रेष्ठ, बाबुराम उत्स, कमला भण्डारी ढकाल, विष्णु पादुका, निरञ्जना चन्द, छविलाल खड्का, प्रीति आत्रेय ज्ञवाली, सीता शर्मा, आर्त अकुलीन, पशुपति राई र महेन्द्रमान बलामी रहेका छन्। 

प्रकाशित: १७ श्रावण २०७८ ०५:०० आइतबार

अक्षर