कला

चिठी

बालकविता

 नन्दलाल आचार्य  

 

टाढा – टाढाबाट आउँछ

खबरखाबर ल्याउँछ;

अर्काको मनको बात

दुरुस्तै सुनाउँछ

आफ्नो कुरा समेत

अर्काकहाँ पुर्‍याउँछ।

 

कहिले आँसु लेखाउँछ

कहिले हाँसो फुटाउँछ

जस्तो–जस्तो गरे पनि

मन हलुका बनाउँछ।

हुलाकी दाइ आउनासाथ

मनमा बजिहाल्छ सिठी

हजुरबा गमक्क पर्नुहुन्छ

जब म लेख्छु बुबालाई चिठी।

प्रकाशित: १७ श्रावण २०७८ ०१:०९ आइतबार

अक्षर जुनकिरी