कला

जस्तो दुःख – कष्ट परोस्, भरोसा छ आमा हुँदा

गजल

निर्मला कुँवर

 

हे भगवान् म बाँचुञ्जेल, आमाको साथ नछुटाइदिए पुग्छ,

मेरी आमा बसेको यो,कोमल मुटु नफुटाइदिए पुग्छ।

 

यो संसारमा आमा भएर त, खुशीले म बाँचिरहेछु,

मेरो जिन्दगीबाट तिम्ले, अपार खुशी नउठाइदिए पुग्छ।

 

जस्तो दुःख  – कष्ट परोस्, भरोसा छ आमा हुँदा,

मेरो यो आशाको डोरी, बिर्सेर पनि नचुटाइदिए पुग्छ।

 

मैले श्वास फेरुञ्जेल, सधैंभरि आमा देख्न पाऊँ,

मेरो यो एउटै मात्र, इच्छा तिम्ले नलुटाइदिए पुग्छ।

                                – धनकुटा।

प्रकाशित: १० श्रावण २०७८ ०१:२६ आइतबार

अक्षर