कला

खेत बाढीले लग्यो घर भुईचालोले ढाल्यो

गजल

सावित्रा उमारा

 

म छिट्टै आउँछु भन्थे बा फर्केरै आएनन्,

खै कहाँ गए कहाँ गए बा फर्केरै आएनन्।

 

हरेक दिन हरेक साँझ मूलबाटोमा हेरिरहे,

महिनौ बिते वर्षौ बिते बा फर्केरै आएनन्।

 

खेत बाढीले लग्यो घर भुईचालोले ढाल्यो,

कहाँ जाने कहाँ बस्ने बा फर्केरै आएनन्।

 

गरिब भन्छन् नानाथरी लाञ्छना लगाउँछ्न्,

धेरै हेप्छन् समाजले बा फर्केरै आएनन्।

 

ऋण लाग्यो अनिकाल भोकमारी लाग्यो,

मर्नै पर्छ सरकार लागे बा फर्केरै आएनन् ।

प्रकाशित: ९ श्रावण २०७८ ०७:४९ शनिबार

अक्षर