कला

तारुण्य भाव

गीत

तेज अविरल कटुवाल 

 

तबल्चीझै झिकी ताल धुन भावनाको,

सुन्दर सप्ना सजाएर अनेक चाहनाको।

मनको सगर नाप्ने त्यस्तो धुन कुन होला ,

मेरो जिन्दगीको शीतल जून कुन होला !

 

यो मुटुलाई छुने त्यस्तो धुन कुन होला,

परेलीका कोश नाच्ने सुर कुन होला  

¥याइँ–¥याइँ रेटी हजुर जिन्दगीको तार

पहेलपुर माया फुल्ने सुन कुन होला!

 

भगाई कतै लैजाऊँ जस्तो चञ्चल परेलीलाई,

मनमै कतै लुकाऊँ जस्तो तरुण पिरतीलाई।

फूलजस्तै कोमल यो भाव जिन्दगीको,

सिउँदोभरि सजाँऊ कि नासो जिन्दगीको।

 

हिउँभन्दा अझै शीतल जून कुन होला,

परेलीका कोश नाच्ने सुर कुन होला 

प्रकाशित: ९ श्रावण २०७८ ०४:१६ शनिबार

अक्षर