कला

इन्द्रेनीको जामा

लक्ष्मी उप्रेती

 

झलमल घामसँगै पानी प¥यो झमझम,

घामपानीको रमाइलोमा मनै नाच्यो छमछम।

 

घामपानीमा खेलौँ साथी नाच्नै गाउँदै मिली,

आकाश पनि रंगीन भयोे कस्तो झिलिमिली।

 

आकाशमा धेरै रङ्गको लहर लाग्यो आमा,

छोरी त्यो इन्द्रेनी हो आकाशले लाउने जामा।

 

इन्द्रेनीको जामा राम्रो कति रङ्ग छन् आमा,

सात रङ्गको लहर हुन्छन् इन्द्रेनीको जामा।

 

तिमीसँग खेल्दै हामी रमाउँछौ साथी,

तिम्रो रंगमा रमाउँदै पुग्छौँ हामीमाथि।

प्रकाशित: ८ श्रावण २०७८ ०५:४८ शुक्रबार

अक्षर