कला

जानाजानी आफ्नै नेतालाई तल झार्ने प्रयत्न बढी छ

गजल

चिरञ्जीवी ढकाल

 

उखेल्नेभन्दा उमार्ने, प्रयत्न बढी छ,

इगोलाई पानी चार्ने, प्रयत्न बढी छ।

 

विपक्षी हौस्याइँमा उल्टै  हौसिएर,

वार्तामा अप्ठ्यारो पार्ने, प्रयत्न बढी छ।

 

सत्य कुरा बिर्सिएर,जानाजानी आफ्नै,

नेतालाई तल झार्ने, प्रयत्न बढी छ।

 

फर्केलान् घरमा, अफसोच मानी भन्यो,

झनै उल्टो पानी बार्ने, प्रयत्न  बढी छ।

 

कस्तो स्वाद भेटे खै, दुश्मनको  घरमा,

उतैतिर डेरा सार्ने, प्रयत्न बढी छ।

 

जतिसुकै माग, पूरा गरे पनि उस्तै,

बाहना गरेर टार्ने,  प्रयत्न बढी छ।

प्रकाशित: ८ श्रावण २०७८ ०५:१५ शुक्रबार

अक्षर