कला

नेपालीमा बोल्दा गर्नुहुन्छ गाली

बालगीत

सुरज उपाध्याय

 

नेपालीमा बोल्दा

गर्नुहुन्छ गाली  

भन्नुहुन्छ गुरुले  

नबोल है नेपाली।

 

अंग्रेजीमै खेल्ने हो  

अंग्रेजीमै हँसाउनी  

अग्रेजीमै बोल्ने हो  

अंग्रेजीमै रिसाउनी।

 

हाम्रो घरमा खाना  

अंग्रेजीमै पकाउनी  

स्कुल जाने कपडा  

अंग्रेजीमै लगाउनी।

 

तोतेतोते अंग्रेजी  

बोल्छ सानो बुकुने  

अंग्रेजीमै खाने हो  

अंग्रेजीमै हात धुने।

प्रकाशित: ८ श्रावण २०७८ ०३:०४ शुक्रबार

अक्षर