कला

फैसला

लघुकथा

अल्पविराम पोखरेली

 

मिनाक्षीले आफ्नो सतित्व लुटेरा महिषपालको लिङ्ग छेदन गरिदिएको मुद्दाको आज फैसला हुने दिन। अदालतमा दर्शकहरूको खचाखच भीड थियो। पक्ष– विपक्षका वकिलहरूको बहस पैरवीपछि न्याय मूर्तिले फैसला सुनाउँदै भन्नुभयो।

यस मुद्दामा प्राप्त सबुत प्रमाण तथा  अभियुक्तद्वय मिनाक्षी र महिषपालको बयान आदिबाट अदालत यो निष्कर्ष मा पुगेको छ , जबर्जस्ती करणीका अभियुक्त  महिषपाल दोषी ठहरिने देखिएको हुँदा प्रचलित कानूनअनुसार निजलाई कारावासको सजाय हुने र पीडित  मिनाक्षीले तत्काल आवेशमा आई आफूलाई अन्यायपूर्वक जबर्जस्ती करणी गर्ने  अभियुक्त महिषपालको लिङ्ग छेदन गरिदिएको हुँदा प्रचलित  कानून अनुसार तत् अवस्थामा पीडितले पीडकको ज्यान लिएमा वा अङ्गभङ्ग गरेमा कुनै कसुर गरेको वात नलाग्ने भएकाले इज्जत गर्ने निर्णय गरिएको छ।

फैसला सुनाएर न्यायमूर्ति आफ्नो च्याम्बरमा जानु भएपछि रमितेहरू अथवा दर्शकहरू बीचबाट नारी आवाज आयो। मिनाक्षीको बहादुरीलाई सम्मान गरिनुपर्दछ। कुकुरको जस्तो बैँस सम्हाल्न नसक्नेहरूलाई मार्नुभन्दा  यस्तै सजाय हुनुपर्छ ताकि अरूले हिम्मत गर्न नसकोस् बल्ल खाइस् ; खुच्चिङ खाइस्  अब जिन्दग भरि पश्चातापको ज्वालामा डढेर मरोस्।

प्रकाशित: ७ श्रावण २०७८ ०८:१४ बिहीबार

अक्षर