कला

साउनमा शिव पुजे चाहेजस्तो पति पाइन्छ रे

गजल

नानी विवु

 

हातैभरि हरिया चुरा अनि मेहन्दी लाएकी छु,  

साउनभीर व्रत बसी तिमीलाई नै चाएकी छु।

 

तिम्रै निम्ति हो यो निराहार व्रत बुझ्नु तिम्ले,

तिमीलाई नै माग्न भनी आज मन्दिर आएकी छु।

 

साउनमा शिव पुजे चाहेजस्तो पति पाइन्छ रे,

हरेक सोमबार शिव पुज्न मन्दिर धाएकी छु।

 

नाई भन्ने छैनौ अब पक्कै पनि मान्छौ तिमी,

जसै गरी जुटाइदिनु भनी दुध चढाएकी छु।

 

शिवजीलाई खुसी पारे पाइन्छ रे सबथोक,

बेलपत्र चढाई शिवजीलाई फकाएकी छु।

प्रकाशित: ३ श्रावण २०७८ ०५:१९ आइतबार