कला

दुखैभित्र सुख छ

गीत

रमेशजङ्ग सिजापति

 

दुखैभित्र त रहेछ सुख खोज्नलाई सके,

जीवनको अर्थ र कर्मलाई अर्थाउन सके।  

सपनाविपना दुवै छ  मीठो घमण्डलाई त्यागे,

काम, क्रोध,लोभ, मोहबाट  टाढा  बस्न सके।

 

संसार  सुन्दर शान्त लाग्छ सबैसबै आफना,

बुझन सके जीवन सार्थक सपनाविपना।

रमाउन सकिन्छ  झुपडीमै  परमानन्द  बुझेमा,

दुखैभित्र त रहेछ सुख बुझ्न सकेमा।

 

जीवन भन्नु  निश्चलनिश्छल  मीठो  एक  यात्रा,

परमानन्द  मिल्दछ  सार्थक  हुन्छ  तब  यात्रा।

छैन  कहीँ सञ्चित ऐश्वर्य   लिएर  जाने ठाउँ,

दुखैभित्र  त   रहेछ   सुख  रमाऊ  गाउँठाउँ।

प्रकाशित: ३ श्रावण २०७८ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App