कला

तिउरी लाइदिन् आमाले

बालकविता

 रमेशचन्द्र घिमिरे  

 

उरुङ बनाई पातक‍ो मरयाकमुरुक मिचेर

आँख्ला डाँठ निकाली सिलौटामा थिचेर  

हत्केलामा फिँजाई  सुत्ने बेला रातमा

तिउरी लाइदिन् आमाले दाहिने हातमा

 

रातो पार्न मेरो हात बज्यैसित सोधेर

तिउरीसँगै पिनिछन् मकरकाँची खोजेर

मुड्की पार्दै घुसार्दै  कर्कलाको पातमा

तिउरी लाइदिन् आमाले देउरे हातमा

 

झुम्रो कस्दा मुठीमा पूरै अ‍ौँला छेकियो

हेर्दाहेर्दै आफ्नै हात भकुन्डोझैँ देखियो

नमिल्ने भो कोट्याउन सिन्का हाली दाँतमा

तिउरी लाइदिन् आमाले दुइटै हातमा।

  (साउने सङ्क्रान्तिको रातमा आमाले आफ्ना छोराछोरीको हातमा तिउरी (तिग्रे) पिनेर लगाइदिने पुरानो प्रचलनलाई आधार बनाएर लेखिएको।)

प्रकाशित: २ श्रावण २०७८ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App