कला

मेरो फुलबारी

बालकविता

इन्शु तारा निरौला  

 

मेरो सानो घरमा छ सानै फुलबारी,

त्यहाँ घुम्छन् सानासाना राम्रा पुतली।

रङ्गीचङ्गी फुलेका छन् फूल थरिथरि,

गीत गाउँछन् बिहानै फूलबारीमा चरी।

 

त्यहाँ फुल्छन् सयपत्री गुनकेशरी,

सबैभन्दा राम्रो लाग्छ सुनकेशरी।

इन्द्रकमल चमेलीको बास्ना मिठो आउँछ,

सबै फूल फुल्दाखेरि मनै रमाउँछ।

 

मन पर्छ गोदावरी गुलाफ अझ राम्रो,

सानो सानो फूलबारी कति राम्रो हाम्रो।

पुतली आउँछन् राता नीला सेता पहेँला

देख्या छैन मैले कहिलै पुतली हरिया।

प्रकाशित: १ श्रावण २०७८ ०८:२४ शुक्रबार

अक्षर