कला

धर्म

लघुकथा

विनोद नेपाल

 

विरोधीको सख्ंया निरन्तर वृद्धि हुन थालेपछि उनी असमन्जसमा थिए। के गरौं र कसो गरौंको अवस्थामा पुगेका उनले अचानक बैठक बोलाए।

छलफल सुरु भयो।

विरोधीले कुनकुन विषयमा प्रहार गरेका छन् तिनको टिपोट तयार भयो।

लामो सूची देखेर उनले सोधे, ‘हैन साँच्चिकै यति धेरै नराम्रो काम गरिएछ त ? विरोध गर्नु त विरोधीको धर्मै हो नि।’

सहभागीहरूले यहाँनेर यो, यहाँनेर यो गल्ती भयो भनेर आआफ्ना प्रतिक्रिया दिए। यसमा उनी धेरै हदसम्म सहमत भए।

छलफलकै क्रममा धेरै आश्वासन बाँडिए पनि पूरा गर्न नसकिएकाले असन्तुष्टि बढेको जानकारी गराइयो।

‘के थिए त्यस्ता आश्वासन, सम्झाउनुस् त ?’ उनले गम्भीर हुँदै सोधे।

अब आश्वासनहरूको स्मरण गर्न थालियो।

अधुरा आश्वासनको लामो सूची तयार भयो।

देखेर उनले भने, ‘छाड्नुस यो सब। चिन्ता मान्नु पर्दैन, कुकुर भुक्दै गर्छ, हात्ती लस्कँदै गर्छ । राजनीतिको धर्म नै यही त हो।’

प्रकाशित: २७ असार २०७८ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App