कला

जे हुन्छ त्यो राम्रै हुन्छ सोच्नुपर्ने रैछ सधैं

मुक्तक

कमला घिमिरे

 

           मुक्तक  १)

काल्पनिक जिन्दगीमा कति ठुलो आशा हुन्छ,

भोगाइ त्यो नभै दिँदा ज्वालामुखिकै आभाष हुन्छ।

जे हुन्छ त्यो राम्रै हुन्छ सोच्नुपर्ने रैछ सधैं,

नत्र संघर्षका असफलताले मानिस धेरै निराश हुन्छ।

       मुक्तक २)

असफलतालाई अनुभवसँग मिलाइदिन थालेँ मैले,

त्यो बेलाका आफन्तलाई गुरु मान्न थालेँ मैले।

एउटै शक्ति जो अदृश्य छ आत्मबललाई साथ दिने,

त्यही सकारात्मक सोचाइलाई मान्यता दिन थालेँ ऐले।

प्रकाशित: २७ असार २०७८ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App