कला

गुनासो

लघुकथा

अनुग्रह राना मगर (पुष्प)

 

 

हामी दाजुभाइ साइनोले । माथि पहाडबाट डुबुल्की मार्दै झरेका हौँ ।   गन्तव्य  कहाँ सम्मको हो थाहा थिएन । हामी लखतरान हुँदा पनि   एक   झोकले   हुत्याउँदै,  पल्टाउँदै समथर भागमा ल्याएर  किनारा   लगाइदियो । जहाँ  हामी  जस्ता  थुप्रै थिए । मुडुलै   भएर   बसेका  । तृष्णा त्यो  घरिघरि आउने  पानीको छछल्को को  गर्दै ।  

मभन्दा   अलिक   ठूलो  भएकाले दाइ नै भन्थे । उहाँ मभन्दा अलिक   राम्रो, चिटिक्क  र   सर्लक्क   परेको चिल्लो हुनुहुन्थ्यो । आउने   दर्शकले   ‘आहा कति   राम्रो !’ भन्दै   गाला  मुसार्थे । फुलपातीसँगै  फलफूल चढाउँथे । शुद्ध दुधले नुहाइदिन्थे । मचाहिँ टुलुटुलु   हेरिरहनबाहेक केही थिएन  तर जात त एउटै हो । मात्रै मेरो मेकप कम थियो । यस्तै सिलसिला चलिरहयो । ऊ राम्राराम्रा कुराले भरिदैँ गए।

एकदिन   एकजना   धनाढ्य  आएर उसलाई आफ्नो घर लाने विचार गरे । हुँदैन   भन्नु पनि मेरो  सामर्थ्य थिएन । ठिकै छ लैजाऊ   भने ।   तुरुन्तै लगे । अब एक्लै भएँ जोडी खोसिएको चराझैँ ।   बिलौना   गरेर  नि   के फाइदा   भन्दै   मलाई चाहिँ नलगेकोमा   गुनासो  पोखेँ आखिर म पनि उहीँ जातको हुँ । 

ऊ पनि बोल्न सक्दैन , म पनि बोल्न सक्दिनँ । खास ऊ र ममा के फरक हो भनेर  सोच्दै थिएँ । धनाढ्यको  घर नजिकै भएकाले  उताबाट   पनि   गुनासोको आवाज  आयो । म लुटिएँ । बर्बाद भएँ। त्यहीँ भएको भए स्वतन्त्र हुन्थे । अझै अरूले चिन्थे । यहाँ ल्याएर अरूले देख्छ भनेर  अँध्यारो कुनामा राखेर गर्न खोजेको के हँ । एक्लै मुरमुरिएको   आवाज  आइरहेको थियो उहीँ ढुङ्गे दाजुको पनि ।

प्रकाशित: २१ असार २०७८ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App