कला

रोपाइँ

बालकथा

मधुसूदनप्रसाद घिमिरे

 

  – आज मामा घरमा धान रोपाइँ छ । बाबा  ! म मामा घर जान्छु। रोपाइ हेर्छु ।

बाबाले भन्नुभो, “आज तिम्रो पढाइ छैन ।  

उसले जवाफ दिई, “आज स्कुल बिदा छ । मैले होमवर्क हिजोको गरिसके। दिनभर रोपाइँ  हेरेर म भरे आउँछु । भोलि पढ्न गैहाल्छु।  

बाबाले  मलिहालाई  एक हजार रुपैया दिँदै भन्नुभयो – रोपाइँमा भान्जाभान्जी जाँदा नरिवल – मसला लानुपर्छ अनि रोपाहार, लाठे, बाउसे, हली सबैलाई बाँडनुपर्छ । तेसो गरेदेखि भूमि देवता खुशी हुन्छन्। मामाको खेतमा धान धेरै फल्छ । 

“यो पैसाले ल्वाङ, सुकुमेल, सुपारी, नरिवल जस्ता मसला किनेर लानु ।  सबैलाई  पुग्ने गरी मसिनोपारि काटेर बाँडनु ।

मलिहा खुशी भै । नभन्दै ऊ छिटै मामाघर पुगी।  त्यहाँ रमाइलो रोपाइँ हेरी । उसले पनि खेत रोप्न खोजेकी थिई ।

मामाले भने– भान्जी, हिलो लाग्छ । भरे घर फर्कन लुगा फोहोर हुन्छ खेतमा नपस् ।

दिनको खाजा आलुको अचार र च्यूरा सबै खेतालाले खाए।  काममा लाग्नै बेलामा मलिहाले मसला बाँड्दै गै । उसले लगेको मसला सबैलाई  बाँडी । उसको मामा, हजुर बा र दिदीलाई  दिनै पुगेन। मसला सिद्धियो ।

हजुरबाले जिस्क्याउदै भन्नुभयो, “ मेरो भाग मसला यस्ले दिइन । यस्ले मलाई माया गर्दिरहिनछ। ”  

यो सुनेर ऊ खिन्न भै । बालभावना हजुरबाले बुझिहाल्नुभो।  

उसलाई खिन्न लागेछ क्यारे अनुहार मलीन लगाई । हजुर बाले फेरि भन्नुभयो,  “ खिन्न नहोऊ नानी, मैले तिमीलाई  जिस्क्याएको पो त । मेरी नातिनीले मलाई कत्ति माया गर्छे ।”

यसो भन्दै हजुर बाले नातिनीलाई   तिनीलाई  माया गर्नुभो । मलिहा फुरुङ्ग परी । रोपाइँ सिद्धियो । हजुरबाले बस खर्च दिनुभयो । बस चढाउने ठाउँमा गएर बस चढाउदै भन्नभो , “नानी खुशी होऊ है , तिमीले आशिष् दिए धान धेरै फल्छ नि ।’

उसले मुसुमुसु हाँस्दै बाईबाई गरी।      

प्रकाशित: २१ असार २०७८ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App