कला

संस्कार

लघुकथा

तारा केसी 

 

एक हप्ताको होस्टेल छुट्टीपछि छोरा राजुलाई लिएर लता स्कुलको होस्टेल गेटमा पुगिन्। गेटमा सुरक्षामा खटिएका पाले दाइले विद्यार्थी र उनीहरूको सामान चेक गर्दै होस्टेलभित्र पठाउँदै थिए। गेटनजिकै उभिएर राजुको साथी प्रकाशलाई उनकी आमाले भन्दै थिइन् “बाबु! होस्टेलमा नमिठो पकाउलान् नखानु। कुखुराको मासु पाक्यो भने नखानु । खसीकै चाहिन्छ भन्नु । दुध, फलफूल नियमित दिन्छन् कि दिदैनन् ? आफूलाई मन नपरेको तरकारी पाक्यो भने तुरुन्तै भन्नु । नुन कडा कम होइन ठिक्क बना भन्नु ।”

 मैले भनेको बुझिस् नि भन्दै छोरालाई सम्झाउँदै थिइन्। छोराचाहिँ बुझेंबुझें भन्दै खुर्र दौडेर राजुसँगै होस्टेलभित्र छिर्‍यो ।

 गेटको छेउनेर कुनामा बबिन आमालाई गुनासो पोख्दै रहेछ। उनी पनि आफ्नो छोरालाई सम्झाउँदै रहिछन्। यो भनेको आइरन गेट हो। राम्रोसँग पढ्नु। नबुझेका कुरा सर र म्याडमसँग सोध्नु। घरमा त सधैं एकनास हुँदैन। कहिले मिठो कहिले नमिठो पाक्छ। यहाँ जमात ठुलो छ। नुन कम, बढी, मिठो, नमिठो भनेर अपजस नदिनु । साथीहरूसँग मिलेर बस्नु।” 

दुई परिवार बिचमा भएका आमाछोराको कुराकानी सुनेर लता छक्क परिन् र सोचिन– “घरैपिच्छे बच्चालाई दिने संस्कार र शिक्षा फरक –फरक हुँदो रहेछ।”

प्रकाशित: २१ असार २०७८ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App