कला

कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि !

कविता

कमला  घिमिरे 

 

राम्रोलाई राम्रो भनौं नराम्रोलाई नराम्रो भनौं,

पार्टीभक्त भन्दा पनि सच्चा देशभक्त बनौं ।

 

सक्छौं भने राम्रो गरौँ सक्दैनौं भने नराम्रो नगरौं,

राम्रा कामको खुलेर प्रशंसा गरौँ विरोधकै लागि भनेर विरोध नगरौं ।

 

बनेका छन् कानुन राम्रा दक्ष जनशक्तिद्वारा हाम्रा ,

कहीँ कतै पदीय जनशक्तिले उलङ्घन गर्दा देखिए ती अति नराम्रा।

 

दूरदराजका नारी र तिनबाट जन्मेका शिशु हाम्रा,

अधिकारको चेतना अझ त्यहाँसम्म पुग्न सके देखिन्थे झनै राम्रा।

 

पितृसत्तात्मक समाजले गर्दा नारीले अव्यक्त पीडा सहेकै छन्,

एउटाले अधिकारको उपभोग गर्दा अर्कोको हनन भएकै छन् ।

 

दक्ष जनशक्ति उत्पादन गर्न सरकारले लगानी गरेकै छ,

तर, कर्मचारीले दुर्गम ठाउँभन्दा सुगम ठाउँ हेरेकै छ ।

 

अधिकार सँगसँगै कर्तव्य बोधको शिक्षा पनि चाहिने हो कि !

बच्चालाई उमेर अनुसारको संस्कार, शिक्षा र जिम्मेवारी पनि दिने हो कि !

 

त्यसैले, कानुनमा लेखिएका अधिकार आवश्यकता अनुसार निष्पक्ष बनोस्,

गरिब, निमुखा अन्यायमा पर्दा “मेरो को छ र हजुर !” कसैले नभनोस् ।

प्रकाशित: २० असार २०७८ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App