सरिता तुलाधर
जब दिन ढल्छ,
तब मेरो दिन प्रारम्भ हुन्छ।
म जाग्नुपर्छ,
सकेसम्म महँगा बास्नादार
क्रिम, पाउडर, लिप्स्टिक
लगाएर म प्रदिप्त हुनुपर्छ।
सानैमा भाग्य हेर्ने
ज्योतिषीले भनेको
थियो रे –
यो नानी !
आमाबाबुको तक्दिर हुनेछ।
नभन्दै छोरी हुनुको खातिर
गरिबी हुनुको खातिर
प्रत्यक्ष नभई ,
अदृश्य खप्पर भए।
कठै म !
प्रकाशित: २० असार २०७८ ०६:५६ आइतबार