रन्जुश्री पराजुली
सहिद दिवस सप्ताहव्यापी रूपमा अधिराज्यभरि मनाउने व्यबस्था भएको थियो। उच्च ओहदाका माननीयहरूले सहीछाप लगाएर निर्णय पक्का गरे। बृहत रूपमा मनाइने यस कार्यका ललागि एकदिन सार्वजनिक बिदा पनि तोकिएको थियो। त्यो दिन बिहान प्रभातफेरिका साथै शहीदहरूको तस्विरमा माल्यार्पण ,त्यसपछि विशिस्ट व्यक्तिहरूबाट भाषण ,मन्तव्य र अन्त्यमा चियापानको कार्यक्रम थियो।
बिहान नौ बजे शहीदगेटमा माननीयहरूको आगमन सुरु भयो। उनीहरूलाई अग्लो मञ्चमा आसिन गराइयो। अरूका लागि साधारण मेचको व्यवस्था थियो । विशिष्ट व्यक्तिहरूले पालैपालो माइक समातेर घोकेर आएको र पत्र पल्टाएर भाषण फुके। एउटा लुरे आकृति भएको पहेलो रोग लागेको रोगी जस्तो देखिने, पुरानो ,मैलो लुगा लाएको अधबैसे उमेरको मान्छे आफ्नै सुरमा एकोहोरो फत्फताइरहेको थियो।
‘अगाडि नबस” भनेर कार्यकर्ताहरूले उसलाई सिटबाट हटाउन खोजे । तर ऊ नटेरीकन त्यही बसिरह्यो। अर्को एकजनाले “यो अर्धसिल्ली यहाँ किन आएको हो कुन्नि? यसले सहिद दिवसबारे के नै बुझछ र? भन्दै “ “ ए उठ! भाग यहाबाट” भन्दै लखेट्न खोज्यो तर त्यो मान्छेले टेरेन र त्यही बसिरह्यो।
मन्चमाथि मेचमा लहरै राखिएका शहीदहरूको तस्विरमा विशिष्ट व्यक्तिहरूले थप्दै थोपारेका पहेला सयपत्री फूलका मालालाई तस्विरले धान्न नसकेर भुइँतिर खस्दै थियो । त्यसै बेला त्यो अर्धसिल्ली जस्तो मान्छेले सँगै बसेको अर्को मान्छेलाई कोट्याउँदै “समोसा,चिया आदि बाँड्ने बेला भएन । मलाई त भोक लाग्यो । आफूले खाएर एक भाग आमालाई पनि लग्नुपर्छ। फेरि अर्को ठाउमा पनि समोसा बटुल्न जानुपर्छ । घरमा बुढी आमा बिरामी छिन् । खाजा लागिदिनुपर्छ” भन्यो।
तपाईं रोगी जस्तो देखिनुहुन्छ । यो चिल्लो समोसा खान हुन्छ त ?”
“पाएको बेला खान हुन्छ ।यिनीहरूले मेरो बाबुलाई नमारेका भए म पनि पढ्न पाउँथे। हाम्रो पनि आफ्नै घर हुन्थ्यो। बिरामी आमाको उपचार हुन्थ्यो। अहिले ती सबै सपना जस्तो भएको छ।
किन र ? तपाईं को हुनुन्छ ?
सुनेको नसुनेझैं गरेर त्यो मान्छे जुरुक्क उठेर हिँडेदा उस्ले घाँटीमा कालो धागोमा बाधेर झुन्ड्याको तिनै शहीदहरूमध्येको एउटाको तस्विर सुर्कनी फुस्केर भुइँमा फुत्त खस्यो।
प्रकाशित: २० असार २०७८ ०५:१३ आइतबार