डी.आर
लाजले तिम्रो मुहार झुक्दा बोलाउन मन लाग्यो,
जवानी रस ओठमा देख्दा पिउनलाई मन लाग्यो।
लजालु बानी मायाकी खानी भुतुक्कै भएँ नि,
गाजालु आँखा झिमिक्कै पार्दा हुरुक्कै भएँ नि।
नजर तिम्रो भुइँमा खस्दा उठाउन मन लाग्यो,
जवानी रस ओठमा देख्दा पिउनलाई मन लाग्यो।
मोहनी लाउने मधुरो बोली मक्खै पो परें नि,
परीझैं देख्ने अप्सरा हो कि लट्ठै नै परें नि ।
रूपले उसको शरीर खुल्दा सजाउन मन लाग्यो,
जवानी रस ओठमा देख्दा पिउनलाई मन लाग्यो।
प्रकाशित: १९ असार २०७८ ०४:३९ शनिबार