कला

घामपानीमा इन्द्रेनीको रङ मन पर्छ

बालकविता

तारा केसी

 

     १) भाइ                          

 घरमा छ मेरो एउटा सानो सानो भाइ,

स्कुल जाने बेला भयो गर्छ बाईबाई।

 

  मलाई पनि भन्दै आउँछ कापीकलम देऊ,

  ‘कख पढ्छु–लेख्छु म नि’ भन्दै मेरो छेउ ।

 

मायालाग्दो मुहार उसको सबको हाईहाई,

माया गर्छ मलाई पनि मेरो सानो भाइ।

 

तोतेतोते बोल्छ ऊ माया सम्मान सबैलाई,

नानी जस्तो आँखाको यो मेरो सानो भाइ।

 

   २) मन पर्छ  

 

फूल मन पर्छ मलाई  

जून मन पर्छ  

घामपानीमा इन्द्रेनीको

रङ्ग मन पर्छ।

मौरीको हुलजस्तो

गुराँसको फूलजस्तो

सबैलाई बाँध्न सक्ने

एकताको डोरी मन पर्छ।

कानको सुनजस्तो

बाँसुरीको धुनजस्तो

सबैको प्यारो  म                              

हुन मन पर्छ।

प्रकाशित: १८ असार २०७८ ११:५८ शुक्रबार

अक्षर