कला

मेनपावरमा लाग्ने लाम अब छुट्नुपर्छ

गजल

विवि याक्खा

 

 बिउँझ्  हे युवाहरू हो अब उठ्नुपर्छ,

साँच्चिकै  गर्नु केही अब जुटनुपर्छ।

 

शरीरमा तातो र रातो रगत छन् भने,

शिखर चुम्नलाई पो अब कुद्नुपर्छ।

 

गर्दा के हँुदैन ? मन, वचन र कर्मले,

भ्रम जति मस्तिष्कको अब भुट्नुपर्छ।  

 

भरौ सिर्जनाका रङहरू देशको मुहार फेर्नु,

मेनपावरमा लाग्ने लाम अब छुट्नुपर्छ।

 

एक जुगमा एकदिन एकचोटि ल्याउनुलाई

पसिनाको मूल यो माटोमा अब फुट्नुपर्छ।

प्रकाशित: १७ असार २०७८ १०:४६ बिहीबार

अक्षर