कला

लाकोजूका दुई बालकविता

बालकविता

 सूर्यप्रसाद लाकोजू 

 

१) देश ठूलो हो 

 

 

असल बन्नु बाबु तिमी  

ठूलो पनि बन्नू ,

सबैभन्दा ठूलो कुरा  

यो देश हो भन्नु ।  

 

खराब काम गरयो भने  

खराब दाग लाग्छ,

हाम्रो मनबाट बाबु  

असल विचार भाग्छ ।  

 

त्यसैले त असल विचार  

मनमा पाल्नुपर्छ,

खराब सोचाइ आए  

तुरुन्त फाल्नुपर्छ।  

 

राम्रो – राम्रो काम पनि  

तिमीले गर्नुपर्छ,

अँध्यारो हटाउन  

उज्यालो छर्नुपर्छ।  

 

भलो मान्छेलाई कुनै  

स्वार्थले छुँदैन,  

देशभन्दा ठूलो कुरा  

स्वर्ग नि हुँदै।  

 

२) दुइटा चरा  

 

दुइटा चरा आकाशमा उड्दै गरेका  

हेरहेर कति माथि उडान भरेका ।  

 

कहिले आउँछन् तल कहिले जान्छन् माथि,  

यी दुइटा चरा हेर कति राम्रा साथी।

 

खानेकुरा खोज्न पनि सँगसँगै जान्छन् ,

भेट्टाएको खाना पनि बाँडीचुँडी खान्छन्।  

 

सँगै सुत्छन् तिनीहरू सँगसँगै कुद्छन् ,

सुखदुःख बाँड्नलाई सधैंभरि जुट्छन् ।

 

एक अर्काको मनमा यिनको छ बास,  

यी दुईको भित्रता लाग्छ मलाई खास ।

प्रकाशित: १६ असार २०७८ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App