कला

म यो देशको नागरिक

कविता

प्रेम शर्मा ‘एकान्त प्रेमी’  

 

कुनै रङ्ग छैन

कुनै धर्म छैन

कुनै जात छैन

निरन्तर बगिरहेको हुन्छ।

सफा, सुन्दर, स्वच्छ छ पानी

धनी गरीब चिन्दैन  

उर्लिएको आउँछ वेग  

पानीले गर्छ हजुर हामीलाई हानि

लड्छ हजुर त्यो गरिबको झुपडी  

धेरै सपनाहरू बगेर हुन्छ पानी

रोक्न सक्दैन पानीलाई  

छेक्न सक्दैन पानीलाई  

चिन्न सकिँदैन पानीलाई  

उसको कुनै रङ्ग हुँदैन  

कुनै धर्म छैन।

कुनै जात छैन

उर्लिएर बग्छ निरन्तर – निरन्तर पानी

एकहोरो एउटै गन्तव्यतर्फ बगिरहेको हुन्छ।

खेतबारीमा रोपेका परिश्रमका बालीहरू  

घामको रापमा पसिनाको थोपाहरू चुहाउँदै

गरेका परिश्रमहरू चिन्दैन ।

सपनाजस्तै पोखिएर बग्छ पानी  

कुनै रङ्ग छैन  

कुनै धर्म छैन

कुनै जात छैन

भिरपाखाहरूमा बस्ने ती मानव बस्ती  

पानीको छालमा बग्छ।

वर्षा याम लाग्छ तब  

डर – त्रासको चिन्ता  

बग्छ निरन्तर पानी  

कुनै रङ्ग छैन  

कुनै जात छैन

पानी पानी पानी।

                         कालेबुङ, दार्जिलिङ, भारत।

प्रकाशित: १५ असार २०७८ ०६:०२ मंगलबार

अक्षर