कला

सौन्दर्यको चीरहरण !

साइनो

 टंक  पन्थ  

     

      १)

नयनको गाजल  

दृष्टिमा नलाऊँ क्यारे  

सौन्दर्यको चीरहरण !

      २)  

नझुकोस् यो शिर  

सगरमाथाको देशमा  

व्यर्थै माथापच्चिसी किन ?

      ३)

आत्मबलबाट नै  

भेरिएन्ट छिचोल्नु छ  

जीवनशैली बदल्नु छ।

      ४)  

दोख लागेर हो कि ?

कोख रित्तियो आमाको  

भोकको जात्रा विदेशमा !

    ५)  

मानका आकाङ्क्षीमा  

अभिमानको लडाइँ  

इमान खोज्न जाऊँ कहाँ ?

 

प्रकाशित: १३ असार २०७८ ११:५५ आइतबार

अक्षर