कला

महामारी छ अहिले भर्चुअल सफरमा छौं

गजल

किशन पौडेल  

 

हामी यहाँ सधैं महामारीको डरमा छौं,  

मस्त निदाएको सरकारको भरमा छौँ।

 

सरकार कर असुल गर्ने कुरा मात्र गर्छ,  

बेरोजगार हामी चुकुलबन्द घरमा छौं।

 

सपना भए स्विटजरल्यान्ड र सिङ्गापुरहरू  

खै कहिले पूरा हुने हामी अझै रहरमा छौँ।

 

कहाँ गए खुसी र समृद्धिका समाचारहरू,  

हामी यहाँ सधैं त्रसित र भ्रमित खबरमा छौं।

 

ओहो ! कस्तो हतार छ जिन्दगीको दौड यो  

महामारी छ अहिले भर्चुअल सफरमा छौं।

प्रकाशित: ११ असार २०७८ ११:५९ शुक्रबार

अक्षर