कला

वेश्या ठानेकी केटी

कथा

शुक्रऋषि चौलागाई

 

होटेलको कोठामा मधुरो प्रकाश छ । किशोर र प्रियामा नशाको हल्का मात छ । रमाइलो बात छ अनि बाँकी सिंगो रात छ । ‘मन र माया पनि अचम्मको वस्तु रैछ है किशोर ? केही दिन अघिसम्म बोल्न समेत लजाउने हामी कति नजिक भयौं’, प्रियाले पे्रमको डोरी बाट्न थालिन्।

‘सच्चा मन र मायाले नै हामीलाई यति चाँडै नजिक बनायो’, किशोरले आफूबीच सम्बन्ध बढ्नुको कारण समेत खुलायो । ‘मैले जत्तिकै तिमीले माया गर्छौ र ?’, प्रियाले मायाको लेखाजोखा गर्न थाली।  

सायद तिम्रोभन्दा बढी नै, तौलिने वस्तु भए तौलेरै देखाइदिन्थे’, शतप्रतिशत विश्वास दिलाउन किशोर पनि किन चुक्थ्यो।  

‘यसरी धेरै दिन हिँड्न कहाँ मिल्छ ? दाजुले थाहा पाउनुभयो भने त जिउँदै छाला काढ्नुहुन्छ’, पारिवारिक डर ओकली प्रियाले। यसरी भेटघाट गर्नु खतरा हुनसक्छ भन्ने आशय मात्र नभई प्रियाको घुमाउरो ढंगको बिहेको प्रस्ताव पनि थियो ।  

‘विश्वास गर हाम्रो प्रेम चाँडै विवाहमा परिणत हुनेछ’, किशोरले आश्वास्त पा¥यो। प्रियाले पुलुक्क किशोरको आँखामा हेरिन्। किशोरले टम्म मिलेको फुट्लाजस्तो छातीमा नजर गाड्यो । सिलिङ फ्यानको हावासँगै कोठामा काम वासनाको हावा पनि तेज गतिमा चल्न थाल्यो । एकले अर्कोलाई छुन र सुम्सुम्याउन आतुर भए । किशोरले प्रियाको शरीर आफ्नो काखमा राख्यो । प्रियाको ढुकढुकी (सास) बढिरहेको थियो । दुवैमा एक प्रकारको तरंग पैदा भइरहेको थियो ।  किशोरले आफूलाई थाम्न सकेन अनि चुम्बरूपी वर्षा सुरु ग¥यो, प्रियामाथि । दुवैले नौलो आनन्दानुभूति गरिरहेका थिए। दुवै जना प्रेमको सम्पूर्ण सीमा पार गर्ने सुरसारमै थिए। एकले अर्कोलाई अर्पण गर्ने तयारी गरिरहेकै बेला ढोका ढकढकको आवाज आयो। किशोरको आँखा भित्ताको घडीमा पुग्यो। रातको ११ बज्दैछ । यो समयमा ढोका ढकढक्याउने को होला ? होटेलमा काम गर्ने कोही आएकी भन्ने पनि सम्झिए दुवैले । ढकढकको आवाज नथामिएपछि अलिअलि रिस अनि थोरै डर बोकेर किशोर चुकुल खोल्न गयो।

छिर्के मिर्के ड्रेसमा हतियारसहित उभिएका प्रहरीलाई देखेपछि छाँगाबाट खसेझैं भयो– किशोर।  

‘कसलाई ल्याएर राखेका छौ ?’, एक प्रहरीले केरकार ग¥यो।

‘उ..उ.. साथी हो –हडबडाउँदै किशोरले भन्यो।’ 

‘कस्तो साथी ? होटेलमा सुत्ने साथी’, प्रहरीले धम्काउँदै केरकार गर्न थाले । अल्लारे किशोरका ओठमुख सुकिसकेका थिए। मुटुमा डरले डेरा जमाइसकेको थियो। २÷३ जनाको प्रहरी समूहले तथानाम गाली अनि हातपात गर्दै किशोर र प्रियालाई तल झारे।  रंगेहात पक्राउ गरेकोमा होला प्रहरीमा फुर्तीफार्ती पनि बेग्लै थियो। 

थाल्यो, ‘जो चोर उसकै ठूलो स्वर । यहाँबाट खुरुक्क जान्छस् कि हिरासतको हावा खान्छस्’, गर्नसक्ने कारवाहीको धम्की समेत दियो प्रहरी अधिकृतले, ‘यति गर्दा पनि मानिनस् भने त्यो केटीसँगै तेरो –पनि नाम सार्वजनिक गरिन्छ’ वेश्यावृत्तिमा संलग्न जोडी रंगेहात पक्राउ ।’  

छेवैमा हाकिमको आडले होला एक प्रहरी जवानले किशोरमाथि दुई लात्ती बजार्यो।  

‘मलाई छोडिदिनुस् हजुर’, काँपेको स्वरमा किशोरले दुई हात जोड्यो।

प्रहरी अधिकृतले किशोरको पुट्ठा (नितम्ब) मा  एक लात हिर्काउँदै ‘ल जा आजलाई मैले छोडिदिएँ तेरो भाग्य बलियो रैछ ।’  

भिजेको बिरालोझैं किशोर त्यहाँबट लुसुक्क भाग्यो।

नशाको मात पनि चढिसकेको थियो प्रहरी अधिकृतमा । ‘त्यो केटी खै ? भेट गराइदेऊ’, आदेश दियो । ‘१०५ नम्बर कोठामा छे हजुर भन्दै दुई जना प्रहरी सतर्क हुँदै उसकै पछि लागे । लड्खडाउँदै कोठा नजिक पुगेर प्रहरी अधिकृत ढोका ढकढक्याउँछ । चुकुल लगायर प्रिया हतारहतारमा लुगा लगाइरहेकी थिई, सायद।  

‘ओई ढोका खोल केटी ?’–आवेगमा चिच्यायो प्रहरी अधिकृत।  

भित्र पस्न आतुरताका साथ मुर्मुर्मिएको छ ऊ । भित्रबाट चुकुल खोलियो।  

मैले कुनै गल्ती गरेकी छैन । प्लिज मलाई छोडिदिनुस्’, डर मिश्रित स्वरमा सफाइ प्रियाले। समातेकै छैन कसरी छाड्नु ? मनमा आएको जवाफ प्रहरी अधिकृतले नओकल्दै ...

‘म होटेल धाउने केटी होइन सर। ऊ मेरो साथी हो। हामी एकापसमा मन पनि पराउँछौ । पहिलो चोटि यहाँ आएको–मसिनो सुनेसुने जस्तो घवराहट स्वर कानमै ठोक्कियो। एक्कासि प्रहरी अधिकृतको आँखा केटीको झुकेको मुहारमा पुग्यो। डरले होला सायद उसले पनि शीर ठाडो भएर हेर्न नसकेकी । ठाडो अनुहार नपारेकी प्रियाले पनि त्यतिबेलै प्रहरी अधिकृततिर नजर लगाई।

यता नशाले लठ्ठिएका राताराता आँखा तनक्क पार्दै प्रहरी अधिकृतले प्रियालाई पुनः गम्भीरताका साथ नियाल्यो। प्रियाका आँखा पनि प्रहरी अधिकृततर्फ अडिए। आँखा झिमिक्क गर्दै प्रहरी अधिकृतले फेरि  एकपटक हेरयो प्रियालाई । प्रहरी अधिकृत हेरेको हेरयै भयो । एकपटक दिमाग झनन्न भयो, नशा पनि उत्रियो। वेश्या ठानेकी केटी उसकी आफ्नै बहिनी थिई।

प्रकाशित: ९ असार २०७८ १३:०८ बुधबार

अक्षर