कला

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई प्रथम भएकी छन्। नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा उनको कविता देशको नक्शा प्रथम भएको हो।  

प्रतियोगितामा धादिङकी अमृता स्मृति द्वितीय ‘डढेलोपछि पनि वसन्त आउँछ’ तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बराल ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवाल ‘बोधिसत्वको खोप’  कवितामा तृतीय भएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ४० हजार रुपैयाँ र तृतीयलाई ३०– ३० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिने छ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको  चौसट्ठिऔं वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो  महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए।

महोत्सवमा  ७६४  जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि  ४१  कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको थियो।

प्रकाशित: ९ असार २०७८ १२:१७ बुधबार