रामकुमार श्रेष्ठ फुच्चे
कुनै समय थियो भाइभाइ आफू आफैैंमा डराउँथे,
स्कुल पढ्न भनी हिँडेको नाबालक बच्चा हराउँथे।
काख रित्याइयो सिन्दुर मेटाइयो सिउँदोको,
पार्टीको आदेश हो भन्दै सात जँघार तराउँथे।
ऐय्या– आत्था भन्दै तड्पी अन्धाधुन्दा गोली चल्दा,
कोही भने हानाहान नछोड भन्दै कराउँथे।
आज खै सत्ता समाल्नेहरूले किन सम्झदैनन्,
त्यै खोरिया र पाखामा हिजो गाईबाख्रा चराउँथे।
मुग्लान र खाडीमा युवा उस्तै पीडा झेल्दै छन्,
तिनैका कोमल हातले हिजो बम –बारुद भराउँथे।
प्रकाशित: ९ असार २०७८ ०६:०८ बुधबार