कला

भगवान् कहाँ होलान्

भजन

लोकनाथ पौड्याल

 

भगवान् कहाँ होलान्

मैले जानिन भगवान् कहाँ होलान्

मलाई बात बुझाउने को होला

मैले जानिन....

आफ्नो मनले जानिन मैले

सन्तको आज्ञा मानिन

सतसङ्ग जानु मन छैन  

रात बिताउने को होला

मैले ––––––

पैसा कमाउन गाह्रो छ

सम्पत्ति मेरो प्यारो छ

कहिल्यै शान्ति पाउँदिन

मेरो मन रिझाउने को होला

मैले......

सबैमा मेरो माया छ  

प्रभु मरेर जाने काया छ

कालले नलगी मान्दैन

मेरो साथ पठाउने को होला

मैले जानिन भगवान् कहाँ होलान्

मलाई बात बुझाउने को होला ?

प्रकाशित: १ असार २०७८ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App