कला

सत्ता प्रवृत्ति

कविता

मन गहिरे

 

म हेरिरहेछु सत्ताको प्रवृत्ति  यहाँ  

चकित हुन्छु यी यथार्थताहरू देखेर

मान्छेभित्रको देवता मारेर

दानव जन्माएको छ

मानवताको दाहसंस्कार गरिदिएको छ

हो यही सत्तासिन प्रवृत्ति  

जसले फुस्रा आश्वासनहरूको जाल बुन्छ

भन्छ एउटा गर्छ अर्को

गरिबीका आवाज उठाउनेहरू

व्यवहारमा उनैले अत्याचार  गर्छन्  

आफ्नै खल्ती  भर्छन्

हालीमुहाली गर्ने सत्ताको प्रपन्च  

रच्नेहरूले तिनै शकुनीहरू जन्माएका छन्  

चिरहरणका व्यथाहरू

फेरि बल्झाएका छन्

आजको  भुरे भोलिको ठुलो  नेता

अनि सत्ता  यस्तो उस्तो भन्दै  

ऊ पनि सत्तासीन हुन्छ

जबजब ऊ सत्तासीन हुन्छ

ऊ आफ्ना पुराना  दिनहरू भुल्छ

तबतब ऊ पनि फेरि  उस्तै बन्छ

अनि देश र जनताको आलो घाउमा

नुनचुक छर्छ

कोही सत्ताकै खेलमा  छन

कोही उपचार  नपाई  मृत्युको  संघारमा छ्न

त्यसैले यो मन भन्छ देश बनाउ

जनता  बचाउ, भोक हटाउ

समृद्धि  बढाउ तर

अहो!यो प्रवृृत्ति  खराब ?

या सत्ता  खराब?

या म खराब, या ऊ खराब?

फेरि  पनि निरीह भई  

म हेरिरहेछु सत्ता  प्रवृत्ति  

ठुलाठुला काण्ड भए, हत्या भए  

हिंसा  भए तर दोषी  करार  भएन

त्यसैले त यो मन भनिरहन्छ

हे मन! विकास  खोई?

समृद्दि खोई,सुशासन खोई?

शान्ति  र सुरक्षा खोई?

उपचार  खोई? अनि न्याय  खोई ?

म हेरिरहेछु अनुत्तरित  भई

त्यहीँ  सत्ताको प्रवृत्ति  यहाँ !!

प्रकाशित: २३ जेष्ठ २०७८ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App