कला

भाइटिका

लघुकथा

ममता मृदुल

आज हामी मामाघर जाने । दुवैजना दाजुबहिनी बिहानदेखि भनिरहेका थिए । आमा नभएको घरमा जान मन नभए पनि दर खान बोलाएकाले गयौं ।  

बिहानको नौं बजे पुग्यौ। पुग्नेबित्तिकै बुहारीले खाना खान बोलाइन्। दुवै जना छोराछोरीसँग मैले पनि खाना खाएँ। खाना खाइसकेपछि छोराछोरी बहिनीसँग खेल्न थालेका मात्र थिए।  

बुहारीले छोरीलाई छिटो तयार हो भनेको सुनिनस् भनिन्  

‘किन तयार हुने!’ मैले सोधें।  

हामी बाहिर जान लागेको दिदी भनिन्।

म छोराछोरीलाई हिँड घर जाऊँ भनेर घर आएँ । दर खान गएका छोराछोरी चुपचाप घरमा आएपछि खेल्न थाले।  

साँझमा खाना खाँदै गर्दा सात वर्षकी छोरीले भनी– आमा भाइटिकामा मामालाई नबोलाउनु ल।

अब हामी कहिले पनि तिजमा नजाने यही आफ्नै घरमा मिठो कुरा पकाएर खाने।

मैले छक्क परेर छोरीको अनुहारमा हेरे।

दर खान चार दिन अगाडि बोलाउँदा हुनेलाई लक्ष्मी पुजाको दिन भाइटिका लगाइदिनु हजुरले छोराले मनको ताप पोख्यो ।

प्रकाशित: २० जेष्ठ २०७८ १०:२७ बिहीबार

अक्षर