कला

यता सिल उता सिल चारैतर्फ सिल

गजल

उत्साही नवराज 

 

यता सिल उता सिल चारैतर्फ सिल,

दुनियाँका छातीमाथि पर्न हुन्न खिल।

 

फूलजस्तै बनी सक्या  मानवको बस्ती,

जताततै पस्यो भन्छन् महारोगी चिल।

 

सावधानी अपनाएर बस्नुपर्ने भयो,

यताउता डुल्नै हुन्न देखाएर हिल।

 

एक्लाएक्लै बसौं हामी जिउ जोगाएर,

नत्र घाउ बल्झिएर  बन्ला टिलटिल।

 

चरेसभन्दा चर्काे भन्छन् हरेस खाने कुरा,

कोरोनाको बाटै छेकौं लगाएर डिल।

प्रकाशित: १२ जेष्ठ २०७८ ०९:५६ बुधबार