कला

अन्तिम अर्चना

कविता

जयन्ती स्पन्दन

 

तिम्रो र मेरो

यो भेट

सायद अन्तिम पनि हुन सक्छ

फेरि भेट हुन या नहुन पनि सक्छ ।

यो अविस्मरणीय क्षण

केही बाँचा र बन्धनहरू गरिहालूँ।

मेरी  प्रेयसी,

बिन्ती

पिर नमान्नु

सत्ते एकै वाक्यमा भन्छु –

सतीको श्राप परेको देशमा

खै कुन बेला के हुन्छ ,के थाहा ?

जबर्जस्ती लुटिन सक्छु,

अपहरित हुन सक्छु

घाइते या मृत्यु नै पनि।

महामारी पनि त उत्तिकै छ

हेर त सबैतिर सोत्तरै सोत्तर।

यदि फर्किन भने पनि

तिमीले मूल र कूल बचाउनु।

मेरी मायालु,

मन खोरण्डो नपार

एकैछिन भए पनि

नजिक आउन बरु

सत्ते प्रेयसी

म मरेछु भने पनि

पिर मान्नु है।

यो त संसारको नियम हो

छोड्नेले छाडे पनि रहनेले जिउनै पर्ने।

‘हवस् त भन’ एकचोटि

मुसुक्क हाँस न।

प्रकाशित: ११ जेष्ठ २०७८ ०९:५७ मंगलबार

अक्षर