वन्दना घिमिरे
आज मातातीर्थ औंसी, अघिल्ला वर्षहरूमा भए हप्ता दशदिन अगाडिदेखि सासू आमा, आमा, हजुरआमालाई के उपहार दिने भन्ने दिदीबहिनीको छलफल हुन्थ्यो। यसपटक छलफल सुरु हुनै नपाई बन्दाबन्दी भयो।
छोराले बिहानै उठेर ढोग्दै भन्यो , ‘आमा मातातीर्थ औंसीको शुभकामना ! उपहार त केही ल्याएको छैन आज चिया पकाएर खुवाऊँ कि ?’
‘पर्दैन चिया पकाउन, म पकाउदै त छु तिमीहरू खाइदेओ न भइहाल्छ नि।’
‘अनि आज मातातीर्थ औंसी कसरी मनाउने विचार छ हजुरको ?’
‘अब सबै आमाहरूलाई एकपटक फोन गरेर मुख हेर्छु अनि खाना पकाएर श्रीमानजी र तिमीहरूको मुख हेर्छु। आमा र हजुरआमा नजिकै हुनुहुन्छ, अलिकति खिर पकाएर भेटन जान्छु नि ! अरू त के गर्नु ? केही किनेर लैजाऊँ भने बन्दाबन्दी छ बाहिर।’
‘ए ! भेटन पो जाने खिर पकाएर । लल खिरचाहिँ पकाउनु खानेचाहिँ हामीले हो, छोरा–नातिले खाएपछि आमा हजुरआमा त्यसै अघाइहाल्नुहुन्छ नि ।’
‘५ सय मिटर वरपर छ माइत र मावल यसरी के बस्नु नभेटी?’
‘म अस्पतालमा इमर्जेन्सी वार्डको डिउटी गर्दै छु। बाबा बैंकको डिउटी के थाह हजुरलाई कोरोना पो लागेको छ कि?
आमा र हजुरआमालाई खिर सँगसँगै कोविड –१९ उपहार जाने पो हो कि ?
प्रकाशित: ९ जेष्ठ २०७८ १३:५० आइतबार