कला

सत्ताको भोक

कविता

विदुरप्रसाद तिमिल्सिना

 

भोका जनलाई लात हानी थाली खान खोज्छ अब,

नेतृत्वले मस्ती गर्दै ताली खान खोज्छ अब।

जनलाई लात हानी जनकै थाली खोस्न खोज्दा,

जनताले आफ्ना लागि असल माली खोज्छ अब।

जतासुकै कोरोनाले बढाएको छ त्रास देख्दा,

नेतृत्वले सधैँ आफ्ना सालासाली खोज्छ अब।

मानवीय भएनन् नि माननीय किन आज,

ठेकी चोरी फुटाउनेले गाली खान खोज्छ अब।

विपदमा जनलाई नगरेर ठूलो सहयोग,  

कुर्सी मात्र सिंहदरबार बाली खान खोज्छ अब।

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App