कला

चुरोट

लघुकथा

मौनता  

 

पुस महिनाको चिसो ठण्डी अनि हुस्सुमा एकाबिहानै प्रमोद चुरोट सल्काएर धुवाँ उडाउदै वीर अस्पतालको पेटीबाट हिँडिरहेका थिए। जाडो महिना भएकाले होला पसलहरू बन्द नै थियो र बाटो पनि सुनसानै थियो।

– ए भाइ, एकछिन यता आउनुस् त । पछाडिबाट एकजना बर्दीवाला  प्रहरीले हातको इसाराले बोलाए। प्रमोद हातको चुरोट हातैमा किचीमिची बनाउँदै छिटोछिटो पाइला चाल्न थाले । प्रहरी उसकै पछि लाग्न थाले।

– ला अब बित्यास पार्ने भयो । प्रहरीले धूमपान निषेधित क्षेत्रमा  चुरोट पिउँदै हिँडे। अब के गर्ने हुन यी मामाले !  प्रमोद  कुद्न  थाल्यो। प्रहरी पनि कुद्दै आएर पछाडिबाट प्रमोदको ज्याकेटमा समाते।

प्रमोद डराएर  दुई  हात  जोडे – सरी सर, मबाट गल्ती भयो। आइन्दा यस्तो गल्ती दोहोरयाउने छैन।

जाडोले कामिरहेका प्रहरी जवानले भने– भाइ मलाई एउटा चुरोट दिनुस न।  

प्रकाशित: ७ जेष्ठ २०७८ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App